
अर्थ नेपाल काठमाडौं /जनता बैंकले नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्ययाम सुविधाको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त मेशिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख श्री कल्याण पाण्डेले एसोशिएसनका अध्यक्ष श्री रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्व अन्तरगत कार्य गर्ने बैंकको नीति रहेको पाण्डेले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij