
अर्थ नेपाल काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको कुपोन्डोलमा आफ्नो एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रयमास सम्ममा रु६० अर्व २५ करोड निक्षेप संकलन गरि रु ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ । सोहि अवधि भित्र रु१ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र रु१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे बैंकले जनाएको छ ।
बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा ६८ वटा शाखाहरु र ६९ वटा एटिएमबाट ग्राहकवर्गलाई बैकिङ्ग सेवा पुर्याउदै आईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij