
अर्थ नेपाल नयाँ दिल्ली / प्रभु मनी ट्रान्सफर र भारतको प्रतिष्ठित कम्पनी मुथुट फिनकर्पविच रेमिटेन्स सम्झौता गरेको छ।
भारतमा काम गर्ने लाखौँ प्रवासी नेपालीहरूले अव थप सजिलो हुने भएको छ । मुथुट फिनकर्पका करिब ३८०० शाखाहरूबाट बिहान १० बजेदेखि बेलुका ०६ बजेसम्म नेपालमा पैसा पठाउन सक्ने छन् । भारतबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ भने देशभरमा ८००० भन्दा बढी प्रभुका रेमिट्यान्स काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने छ। भारतमा बसोबास गर्दै आएका प्रवासी नेपालीहरूलाई भारतबाट नै प्रभु बैङ्कमा खाता खोल्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ । साथै रुपैयाँ कार्ड पनि निस्शुल्क दिने प्रबन्ध मिलाइएको प्रभु मनी ट्रान्फसरले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij