
अर्थ नेपाल काठमाडौं /पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनाएका छन् ।
काठमाडौंको सिनामंगलस्थित गुह्येश्वरी माध्यामिक विद्यालयले सोमबार आयोजना गरेको बृहत शैक्षिक जागरण अभियानलाई सम्बोधन गर्दै उनले स्वेच्छिक अभिभावकत्व ग्रहण गर्दै थप एक जना विद्यार्थीलाई पनि विद्यालय भर्ना गर्न सहयोग गर्न पुनः आह्वान गरे।
मन्त्री पोखरेलले आफ्ना छोराछोरीहरूलाई विद्यालय नपठाउनेहरूमाथि कार्वाही गर्न अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको पनि स्पष्ट पारे । सरकारले यस वर्ष बाहिर रहेका सबै बालबालिकाहरूलाई विद्यालयमा ल्याउने योजनाका साथ विद्यालय भर्ना भर्ना अभियान सुरू गरेको छ।
सरकारले आर्थिक, भौगोलिक विकटता र सांस्कृतिका कारण अझै पनि बालबालिकाहरू विद्यालय जाने उमेरमा श्रमिकको रूपमा काम गर्न बाध्य भएको निष्कर्ष निकाल्दै उनीहरूलाई पनि विद्यालयमा भर्ना गर्न राष्ट्रिय अभियाननै सञ्चालन गरेको हो। मन्त्री पोखरेलले बालबालिकाहरूलाई विद्यालय पठाए, नपठाएको अनुगमन गर्ने कामको जिम्मेवारी स्थानीय तहलाई दिने गरी संसदमा छलफल गर्ने योजना पनि अघि सारे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij