२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आजबाट नेपाल इन्सुरेन्सको हकप्रद सेयर बिक्रि खुल्यो

आजबाट नेपाल इन्सुरेन्सको हकप्रद सेयर बिक्रि खुल्यो

2K
Shares

अर्थ नेपाल काठमाडौं /नेपाल इन्सुरेन्स कम्पनिको १०० प्रतिशत हकप्रद आजबाट बिक्रि खुला भएको छ ।
सेयरधनीले यो हकप्रद सेयरमा चैत २२ गतेसम्म कायम आवेदन दिन पाउनेछन् । १०० रुपैयाँ अंकित दरको ३० लाख १९ हजार ८८६.१० कित्ता सेयरका लागि जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस हकप्रदका लागि बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट र शाखा कार्यालयहरु लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, विरगंज र विराटनगरबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।
त्यसैगरी नेपाल इन्सुरेन्सको रजिष्टर्ड कार्यालय कमलादी र त्यसका सम्र्पुण शाखा कार्यालयबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।
त्यसका साथै, सि—आस्वामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij