
अर्थ नेपाल काठमाडौं /निजी क्षेत्रको वाणिज्य बैंकले पहिलो महिला सिइओ पाएको छ। मेगा बैंकको सञ्चालक समिति बैठकले अनुपमा खूँजेलीलाई सिइओ नियुक्ती गरेको हो। अनिल शाह मेगाबाट बाहिरिएपछि अनुपमाले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा पुसदेखि कार्य सञ्चालन गर्दै आएकी थिइन्।
यसअघिका सिइओ शाह मेगा बैंक छोडेर नबिल बैंकको कार्यकारी सिइओ भएका छन्। तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगामा पुगेकी थिइन्। यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशकमा कार्यरत थिइन्। ‘एक महिलालाई वाणिज्य बैंकको नेतृत्व दिने सञ्चालक समितिको निर्णय प्रति म आभारी छु’, अनुपमाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij