
अर्थ नेपाल नुवाकोट । शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्द्रादेवीका मुटुरोगबाट पीडित मनोज तामाङका लागि उपचारका लागि ३५ हजार रकम हस्तान्तरण गरिएको छ । सोही ठाउँ घर भई हाल अष्ट्रेलियामा रहेका अमोद के.सी., कविता केसी, नुवाकोट कुमरीका कमल मुडवरी, काठमाडौंकी रुवी श्रेष्ठ, बंगलादेशका इमु, लमजुङका कला अधिकारी, सप्तरीका माधव घिमिरे र अष्ट्रेलियन नागरिक माकीले सहयोग गरेका छन् । द ग्रयान्ज क्लब हाउस अष्ट्रेलिया, केही अष्ट्रेलियन र नेपाली सहयोगी व्यक्तिहरुसँग संकलन गरिएको रकम सहयोग स्वरुप पठाएका हुन् । केसी र मुडवरीले पठाएको रकम केसीका बुबा नेत्र बहादुर केसीले बिरामीलाई भेटी हस्तान्तरण गरेका हुन् । स्थानीय युवाले सामाजिक सञ्जालमार्फत् मनोज बचाऊ अभियान सुरु गरेपछिको सबैभन्दा ठूलो सहयोग रकम प्राप्त भएको हो । मुटु रोगको सफल उपचार गरेपछि मनोजको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको आफन्तले बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij