२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुढानिलकण्ठ नगरपालिकाकी सिइओ अधिकारी र इन्जिनियर श्रेष्ठ घुससहित पक्राउ

बुढानिलकण्ठ नगरपालिकाकी सिइओ अधिकारी र इन्जिनियर श्रेष्ठ घुससहित पक्राउ

5K
Shares

 

अर्थ नेपाल काठमाडौं/ बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारी र नगरपालिकाका इन्जिनियर श्रेष्ठलाई आयोगको अनुसन्धान टोलीले महाराजगंज बाट ५ लाख नगद सहित पक्राउ गरेको हो ।
अख्तियारले इञ्जिनियर श्रेष्ठले ठेकेदारसंग पैसा लिएर अधिकारीसमक्ष पुर्‍याइदिए लगत्तै महाराजगञ्जकोबीच सडकमै पक्राउ गरेको हो । अख्तियारका अनुसार एक करोड २१ लाखमा दमकलको लागि रिजर्भ ट्यांक बनाउने ठेक्का दिलाइ दिए बापत उपसचिव अधिकारीले ७ प्रतिशत कमिसन मागेकी थिइन । ठेकेदारले उक्त कमिसन नदिएपछि अनुभव पत्र नै रोकेकी थिइन। अख्तियारले अधिकारीको झोला खानतलास गर्दा उक्त पत्र समेत फेला परेको छ ।
पैसा लिएर पत्र पठाउन कुरी रहेकी प्रमुख कार्यकारी अधिकारीलाई उनकै गाडीमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij