२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेपालबाट ८८ वर्ष र ९५ वर्ष अघि चोरी भएर अमेरिका पुगेको पूरातात्विक मूर्ति नेपाल ल्याइयो

नेपालबाट ८८ वर्ष र ९५ वर्ष अघि चोरी भएर अमेरिका पुगेको पूरातात्विक मूर्ति नेपाल ल्याइयो

2K
Shares

अर्थ नेपाल काठमाडौं /नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति नेपाल फिर्ता ल्याइएको छ ।
बुधबार अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति नेपाल ल्याइएको हो । चोरी भएका दुबै मूर्ति तस्करले अमेरिका पुर्‍याएका थिए ।
नेपालको दाबीपछि म्युजियमले मूर्ति फिर्ता पठाएको पुरातत्व विभागले जानकारी दिएको छ ।
बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो ।
अमेरिकास्थित महावाणिज्यदूत मधु मरासिनीले म्युजियमले सहज ढंगले मूर्ति फिर्ता गरिदिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij