
अर्थ नेपाल काठमाडौं/ कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्का जाम गरेपछि यातायात व्यवस्था विभागले सो रुटमा नयाँ गाडीलाई परमिट दिने निर्णय गरेको छ ।
विभागका महानिर्देशक रुपनारायण भट्टराइले सर्वसाधारणले दुख पाएकाले आफूहरु नयाँ कदम चाल्न बाध्य भएको बताए । आज कोटेश्वर पूर्व यातायात समन्वय समितिमा आवद्ध १३ मध्ये २ वटा समितिले मात्र गाडी चलाएको उनले जानकारी दिए।
विभागका अनुसार काठमाडौबाट धुलिखेलसम्म ठूला गाडी संचालन गर्न चाहने व्यवसायीहरुलाई अस्थाई वा स्थाई जुन रुट मागेपनि दिने भएको छ ।
त्यस्तै गाडी नचलाउने व्यवसायीको रुट परमिट खरेज गर्ने प्रकृया पनि चलिरहेको विभागले जनाएको छ ।
यूर यातायातलाई काठमाडौं– बनेपा रुटमा बस चलाउने अनुमति दिएपछि यस रुट भएर चल्ने यातायात समितिहरुले ग्रामिण र सहरी दुवै क्षेत्रमा बस नचलाउने चेतावनी दिएका हुन । यातायात व्यवसायीहरुले यातायात सेवा संचालनमा नल्याउँदा यस क्षेत्रका सेवाग्राही मारमा परेका छन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij