२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने

2.6K
Shares

काठमाडौं – सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट (बाटो इजाजतपत्र) सरकारले खारेज गर्ने भएको छ ।

साविकको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौ-बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

मयुर यातायातलाई बनेपासम्म जान इजाजत दिइएको विरोधमा आइतबारदेखि महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामिण क्षेत्रमा सवारी साधन चलाउन छाडेका छन् ।

कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij