
अर्थ नेपाल संवाददाता
पोखरा /नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार हेमजामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो ।
“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाण्डौंको आयोजनामा हुन लागेको महोत्सव चैत २२ देखि ३० गते सम्म विष्णु पादुका खेल मैदानमा हुदै छ ।
हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहने छ ।
त्यसैगरी, खुल्ला एकल नृत्य प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्वको आकर्षणको रुपमा रहेको विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए । महोत्वसमा रत्यौली प्रतियोगिता साथै राष्ट्रिय तथा स्थानीय कालकारको वेजोड प्रस्तुति र हास्य प्रहसन पनि रहने आयोजकले जनाएको छ ।
महोत्वमा कृषि प्रदर्शनी, कृषि उत्पादन विक्रि वितरण, व्यापारिक, आलुका तथा कृषि उत्पादनका परिकार, प्राथामिक उपचार, वैकिङ कारोवार, मनोरञ्जन गरी १ सय १६ स्टल रहने स्टल संयोजक राजेन्द्र थापाले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्नका लागि करिव २४ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरिएको नवौ राष्ट्रिय हेमजा आलु महोत्सव मुल आयोजक समितिका कोषाध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए ।
“महोत्सवमा विभिन्न उपसमितिले आ–आफ्नो काम अन्तिम चरणमा पु¥याएका छन्”–महोत्सव मुल आयोजनक समितिका संयोजक सुविन श्रेष्ठले भने ‘महोत्सवलाई सव्य र भव्य बनाउनका लागि सम्पूर्ण साथ आवश्यक छ ।’
कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक राम केसीले हेमजालाई आलु गाउँका रुपमा स्थापित गर्नका लागि गुणस्तरीय विउँको खाँचो रहेको बताए ।
पोखरा लेखनाथ महानगर पालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहरी कडरीयाले हेमजामा आलुको उत्पादन बढाउनका लागि पूर्व विउँ उत्पादनमा लागेको जानकारी दिए ।
प्रथम हेमजा आलु महोत्सवका संयोजक धर्मराज बास्तोलाले हेमजामा चार सय देखि चार सय २५ हेक्टरमा आलु खेती हुने जानकारी दिए । कार्यक्रमको सञ्चालन महोत्सव मुल आयोजक समितिका महसचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij