२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

वडा अध्यक्षकै मिलेमतोमा ९० बोरा सिमेन्ट चोरी

वडा अध्यक्षकै मिलेमतोमा ९० बोरा सिमेन्ट चोरी

1.8K
Shares

नवलपरासी(पूर्व)को कावासोती नगरपालिका-१ र वेदचुली नगरपालिका-९ जोड्नेगरी निर्माण भइरहेको पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ।

निर्माणाधीन लोकाहा भोरीखोला फूलका लागि ल्याइएको सिमेन्ट वडाध्यक्षको संलग्नतामा चोरी भएको स्थानियवासीको आरोप छ। पुल निर्माका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका-१ का अध्यक्ष नारायण पन्तको संलग्नतामा निर्माणस्थलमा खटिएका सुपरभाइजर गोपाल थापासहितको व्यक्तिले चोरेको स्थानियको आरोप छ। सिमेन्ट चोरी भएपछि पुल निर्माण प्रभावित भएको छ।

ची गरेको सिमेन्ट स्थानिय कमल भूसालको घरमा फेला परेको छ। सिमेन्ट वडाध्यक्ष पनत्रके वडास्थित रिट्ठेपानीमा निर्माण हुन लागेको बाटोको प्रयोगका लागि लगेको भूसालले बताए। भूसाल बाटो निरमाण समितिका कोषाध्यक्ष हुन् भने वडाध्यक्ष पुल निर्माण समितिका सचिव हुन्। भूसालले भने ९ सय २० रूपैयाँ पर्ने सिमेन्ट ८ सयमा पाएपछि किनेको बताए।

सुपरभाइजरले फसाए : वडाध्यक्ष

वडाध्यक्ष पन्तले भणे भूलवश सुपरभाइजरको विश्वासमा परि राति सिमेन्ट निकालेको स्वीकारेका छन्। उनले सुपरभाइजरले फसाएको दाबी गरेका छन्। सुपरभाइजर गोपाल थापा भने फरार छन् फरार थापालाई पक्राउ नगरेसम्म आफूप्रति न्याय नहुने अध्यक्ष पन्त बताउँछन्।  – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij