२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस नेता खड्काको उपचारको क्रममा दिल्लीमा निधन

कांग्रेस नेता खड्काको उपचारको क्रममा दिल्लीमा निधन

1.5K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /कांग्रेस नेता खुमबहादुर खड्काको उपचारको क्रममा निधन भएको छ । दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शुक्रबार खड्काको निधन भएको हो ।
गत ४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि एपोलोमा लगिएको थियो । उनलाई ६ फागुनमा थप उपचारका लागि एपोलो लागिएको थियो ।
उनको त्यहाँ आइसीयुमा राखेर उपचार भएपनि सुधार हुन सकेको थिएन ।
भ्रष्टाचार काण्डमा जेल परेपछि कांग्रेसमा खासै सक्रिय नभएका उनी गत महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij