२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बक्सिङमा सफल दिनेश

बक्सिङमा सफल दिनेश

5.1K
Shares

दिनेश श्रेष्ठ बक्सिङका राम्रो खेलाडी हुन । अहिले विभागिय टिम नेपाल पुलिस क्लवबाट व्यवसायीक रुपमा बक्सिङ खेली रहेका छन् । मकवानपुरको भिमफेदीमा जन्मेका दिनेश स्कुल पढ्दादेखी नै खेल खेल्न थाले । परिवारको अवरोधका विचमा पनि उनी खेल्न छोडेनन् । त्यसकै परिणाम आज दिनेश राष्ट्रको सम्पति भएका छन् । सानोमा भविष्यमा यहि बन्छु भन्ने सपना नदेखेका दिनेशले जब खेल बुझे तब उनको मनमा राष्ट्रिय च्याम्पिएन बन्ने सपना देख्न थाले । त्यसका लागि उनले निरन्तर मेहनतका साथ ट्रेनिङ लिइरहे । केहि चञ्चले स्वभावका भएपनि कक्षा ५ देखी खेल्न सुरु गरेका दिनेशले कक्षा १० बाट व्यवसायीक रुपमा बक्सिङ खेल्न सुरु गरेका हुन ।
पहिलो नेशनल खेलमा उनी तेस्रो भएपछि उनमा उर्जा थपियो । अझ खेल क्षेत्रमा केहि गर्ने दृढ संकल्पका साथ खेल्न थालेको दिनेश बताउँछन् । धुर्वलाल प्रधानबाट बक्सिङको प्रशिक्षण लिएका दिनेशले बक्सिङ खेलमा आफुलाई स्थापित गर्नका लागि धेरै संघर्ष गरेका छन् । हिजो गरेको संघर्षको कारण आफु यो ठाउँसम्म आउन सफल भएको दिनेश ठान्छन् । उनी भन्छन् –‘ यदि नेपाल पुलिस क्लवमा आवद्ध नभएको भए धेरै पहिले खेल क्षेत्रबाट पलाएन हुने थिए । मेरो खेल क्षेत्रमा पुलिस क्लवको ठुलो हात छ ।’ हेटौडाको हेटौडा स्कुल अफ म्यानेजमेन्टमा उच्च शिक्षा अध्ययन गरेका दिनेशले तालिमकै लागि स्कुलको पहिलो कक्षा छोड्ने गरेका थिए । उनको खेल प्रतिको लगावको कारण कलेजले पनि उनलाई सहयोग गरेको थियो । द्वन्द्वको समयमा पनि उनी राती ४ बजे उठेर नियमित ट्रेनिङ गर्ने गर्दथे । हिजो गरेका संघर्ष आज पनि दिनेश स्मरण गर्दछन् । धेरै राष्ट्रिय खेल जितेका उनले देशका लागि अन्तराष्ट्रिय धेरै खेल खेलेका छन् । वल्र्ड च्याम्पेनसिप, एसियन गेम, ओलम्पीक गेम, सार्क गेम जस्ता महत्वपूर्ण अन्तराष्ट्रिय खेलमा सहभागीता जनाएका छन् । तर उनको अन्तराष्ट्रिय खेलमा किर्तिमान राखिएका खेलाडीसंग खेल्नु पर्ने हुन्थ्यो । जसको कारण उनी जित्नबाट बञ्चित हुन प¥यो । राम्रो खेलाडी भएपनि भाग्यले भने उनलाई कहिले साथ दिएन । नेपालमा भौतिक पूर्वाधार, नियमित खेलको अभाव र आर्थिक लगायत विभिन्न समस्याको जालोमा रहेर खेल्नु पर्ने नेपाली खेलाडीले ठुलोे उपलब्धी हासिल गर्न नसकेका हुन ।

उनी भन्छन् –‘ यदि नेपाल पुलिस क्लवमा आवद्ध नभएको भए धेरै पहिले खेल क्षेत्रबाट पलाएन हुने थिए । मेरो खेल क्षेत्रमा पुलिस क्लवको ठुलो हात छ ।’

२०६१ सालमा उनले पहिलो चोटी नेशनल खेलको मेडलका साथ बेस्ट प्लयरको उपाधी जित्दा संसार जितेको अनुभव भएको बताउँछन् । खेल जिते पछि घरमा ममिलाई फोन गरेर खुशीको खबर सुनाए । उनको जितका साथ परिवारको सोच पनि बदलियो । उनलाई घरबाट साथ र सहयोग हुन थाल्यो । त्यसपछि उनमा आत्मविश्वासका साथ निरन्तर बक्सिङ खेलमा खेलिरहेका छन् । उनको मन र मुटुमा खेल बाहेक अरु केहि छैन् । जसको कारण धेरै गोल्ड मेडल जितेका छन् । सबै प्रशिक्षकको नजरमा उनी राम्रा मेहनती खेलाडी हुन । असफलता हात पारे पनि सफलता प्राप्तीका लागि निरन्तर लाग्नु पर्ने उनी बताउँछन् । बक्सिङका कोच ओम मास्के र प्रचण्ड शर्माको सहयोगलाई कहिले विर्सन नसक्ने दिनेश बताउँछन् । कर्मशिल मेहनती खेलाडी दिनेश भन्छन् – ‘आज जति पाएको छु त्यो बक्सिङ खेलबाट प्राप्त भएको हो ।’


जिवनलाई संघर्षका रुपमा बुझेका दिनेश बक्सिङमा सफल हुनका लागि धेरै मेहनत गरेका छन् । धेरै खेलमा उनका शरिरमा चोट लागेका छन् । जसले गर्दा ठुलो खेल गुमाउनु परेको पीडा उनको मनमा छ । नयाँ खेलाडीलाई खेल राम्रो बुझेर यसमा केहि गर्ने प्रणका साथ आउन आग्रह दिनेश गर्दछन । नेपाली खेलाडीहरुलाई राम्रो खेल खेल्नका लागि सेवा सुविधाका साथमा नियमित प्रतियोगिता हुनु पर्ने बताउँछन् । आर्थिक पाटोको कारण पनि नेपाली खेलाडीले राम्रो खेल्न नसकेको दिनेशले स्पष्ट बताए । खेलाडीको जिम्मा सरकारले लिने हो भने खेलाडीले नेपालको खेल क्षेत्रमा अन्तराष्ट्रिय रुपमा ठुलो नाम कमाउन सक्ने उनको विश्वास छ । सरकारले खेल क्षेत्रमा ध्यान दिनु पर्ने आवश्यकता दिनेशले देखेका छन् ।
बुबाआमा बहिनीको साथ खुशी जिवन विताइरहेका दिनेशले परिवारको सहयोगले खेल क्षेत्रमा राम्रो गर्न सकेको बताउँछन् ।

प्रस्तुति : मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij