
अर्थ नेपाल संवाददाता
काठमाडौं/लायन्स क्लब अन्तरराष्ट्रिय, लायन्स जिल्ला ३२५ बि१, नेपाल अन्र्तगतको लियो परिषद् ३२५ बि १ को वर्ष २०१८÷२०१९ का लागि राष्ट्रिय अध्यक्षमा नुवाकोट जिल्ला, विदुर नगरपालिका वडा नं. ८, भैरमकोटका लियो विशाल रिजालले उमेदवारी दिएका छन् । अन्तर्राष्ट्रिय संस्थाको उक्त पदका लागी उमेदवारी दिनेमा नुवाकोट जिल्लाबाट उनी पहिलो व्यक्ति हुन ।
लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र काठमाडौं, नुवाकोट, धादिङ्ग, मकवानपुर लगायतका जिल्लाहरुको २० भन्दा बढि लियो क्लबहरुको समर्थनमा रिजालले उमेदवारी दर्ता गराएका छन् । एक्लो उमेदवार भएपनी अध्यक्ष पदका लागी रिजालले आगामि वैशाख ८ गते पोखरामा सम्पन्न हुने लायन्स÷लियो परिषदको छैठौं महाधिवेशनमा विश्वासको मत हासिल गर्नुपर्ने छ ।
काठमाडौको सामाखुसी स्थित स्काई पार्टि प्यालेसमा भएको उमेदवारी दर्ता कार्यक्रमा बोल्दै उमेदवार रिजालले परिषद्का ६५ ओटा क्लबमा रहेका १७०० भन्दा बढि युवाहरुको जोश र जाँगरलाई कुशल नेत्तत्व प्रदान गरी थप उर्जा सहित सामाजिक कार्यमा प्रोत्साहन गर्दै लियो परिषद भित्र सकारत्मक परिवर्तनमा लाग्ने प्रतिवद्घता व्यक्त गरे ।
लियो क्लब अफ काठमाडौ वालाजू हाईटमा ९ वर्ष देखि सक्रिय सदस्य रहि विगत ७ वर्ष देखि परिषदको विभिन्न पदमा आफ्नो कुशल क्षमता प्रदर्शन गर्नुभएका तथा लायन्स वर्ष २०१७÷१८ मा उपाध्यक्ष पदमा निर्वाचित लियो विशाल रिजाल नै लियो परिषद ३२५ बि१ को कुशल नेतृत्व रहेको भन्दै परिषदका पूर्व अध्यक्ष लियो अशोक पौडेलले रिजालको पक्षमा शतप्रतिसत विश्वासको मत दिनुहुन सम्पूर्णमा अनुरोध गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij