२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कवि तथा गीतकार अमर बान्तुको गीत ‘फर्कदैं रहरहरु’को भिडियो सार्वजनिक

कवि तथा गीतकार अमर बान्तुको गीत ‘फर्कदैं रहरहरु’को भिडियो सार्वजनिक

1.1K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /कवि तथा गीतकार अमर बान्तुको गीत ‘फर्कदैं रहरहरु’को भिडियो सार्वजनिक भएको छ । गीतकार बान्तुको शनिवार बिमोचित गीति एल्वम ‘अमर भावना’ भित्र समावेश १२ वटा गीतहरु मध्यको ‘फर्कदैं रहरहरु’ को भिडियो भ्वाईस अफ नेपाल मार्फत सार्वजनिक भएको हो ।
बान्तुका ४४ वटा गीतहरु र १२ वटा कविता संग्रहित पुस्तक
‘परिभाषाका राँटाहरु’ र १२ वटा गीतहरु संग्रहित एल्वम ‘अमर भावना’ एकैसाथ सार्वजनिक गरेका बान्तुको पहिलो सार्वजनिक भिडियो फर्कदैं रहरहरुको भिडियोमा भद्रगोल टेलिसिरियलकी चर्चित कलाकार रक्षा श्रेष्ठ र जिवन भट्टाईको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको छायांकन र पासाङ योन्जनको निर्देशनमा तयार भएको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

अर बान्तुको एल्वम ुअमर भावनामाु फूल जस्तै, जिन्दगीका दौडमा, फक्रदै रहरहरु, युगौं भयो, जन्मने रहर, हिड्नु पर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आई लगायतका १२ वटा गीतहरु रहेका छन् जसमा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको संगीतमा उदय सोताङ, अन्जु पन्त, एड्रिन प्रधान, राजेश पायल राई, स्वरुपराज आचार्य, राज सागर, लगायतको आवाज रहेको छ ।
अग्रज तथा युवा पुस्ताका चर्चित संगीतकर्मीको बाक्लो उपस्थिती रहेको एल्वम बिमोचन समारोहमा प्रमुख अतिथी गणेश रसिक, बिशिष्ट अतिथकिा रुपमा डा। भोला रिजाल, कालि प्रसाद रिजाल, पूर्व मन्त्री तथा गीतकार एस पी कोईराला, स्रवण मुकारुङ, सत्य स्वरुप आचार्य लगायतले एल्वम र पुस्तक दुवै राम्रो बनेको प्रतिकृया दिएका थिए ।

https://www.youtube.com/watch?v=BZf6X3A5a-E

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij