२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चलचित्र बाह्र मासेको ‘ढिक्के फुली’ (भिडियोसहित)

चलचित्र बाह्र मासेको ‘ढिक्के फुली’ (भिडियोसहित)

1.1K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/चलचित्र बाह्र मासेको ढिक्के फुली बोलको गीत सार्बजनिक भएको छ । आगमी जेष्ठ ११ देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।
आमा पार्वती देबी फिल्म्सको प्रस्तुतिमा रहेको चलचित्रमा जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय रहेको छ । अर्जुन पोखरेलको सङ्गीत रहेको उक्त गीत मा इन्जिनियर सागर खरेल को शब्द रहेको छ भने स्वर कृष्ण पाण्डेको रहेको छ ।
पूर्ण कमेडी भनिएको यस चलचित्रमा प्रदिप पाठक ९नक्कली प्रचण्ड०को कथा र निर्माण रहेको छ ।

शिब बिकको कोरियोग्राफी रहेको यस चलचित्रमा सुशील सैजुको प्रोडक्सन रहेको छ । चलचित्रमा जय किशन बस्नेत पुजना प्रधान का अलावा मरिच मान श्रेष्ठ ९बल्छी धुर्बे०, पुरण थापा, सोनीका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ ९राम प्यारी० र प्रदिप आफैँको पनि अभिनय रहेको छ ।
बासु न्यौपानेको छायांकन, अनन्त घिमिरेको सम्पादन रहेको चलचित्रलाई लय संग्रौलाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij