२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डीपीएलका सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने

डीपीएलका सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने

1.3K
Shares

काठमाडौं / चैत १७ गतेदेखि धनगढीमा सञ्चालन हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई सुनको जुत्ता दिइने भएको छ।
राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमीले प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने जानकारी दिएको हो। ‘मोस्ट भ्यालुएबल’ खेलाडीको विषयमा प्राविधिक समितिले निर्णय गर्ने बताइएको छ।


गोल्डस्टार जुत्ताको उत्पादक किरण शुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेको छ। गोल्डस्टारले रुस्लान डिपिएललाई प्रायोजन गरेबापत १६ लाख सहयोग गर्ने भएको छ। जसमा ९ लाख नगद र बाँकी अन्य सहयोगको रूपमा रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij