२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

शिक्षामा सर्मपित जिवन

शिक्षामा सर्मपित जिवन

1.8K
Shares

 

डा. गंगाधर दाहाल
प्रिन्सिपल
ग्लोबल कलेज अफ म्यानेजमेन्ट

डा.गंगाधर पराजुली अहिले देशकै महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा प्रिन्सिपलको भुमिका काम गरिरहेका छन् । सानैदेखि पढ्नमा अब्बल रहेका डा. दाहाल सानोमा इन्जिनियरिङ क्षेत्रमा जाने सपना बुनेका थिए । तर आज उनी इन्जिनियरिङ क्षेत्रमा नभई शैक्षिक क्षेत्रको नेतृत्व गरिरहेका छन् । नारायणी माविबाट एसएलसी पास गरेका दाहालले विरेन्द्र बहुमुखी क्याम्पसबाट आइएसी उर्तिण गरे । पाटन क्याम्पसबाट विएसी पुरा गरे भने विज्ञान र अर्थशास्त्रमा एमए त्रिविबाट गरेका दाहालले युरोपियन युनियनको छात्रावृत्रिबाट पोल्याण्डबाट विकास अर्थशास्त्रमा पिएचडी पुरा गरे ।
शंकरदेव क्याम्पसबाट अध्यापन सुरु गरेका दाहालले पब्लिक युथ क्याम्पससगैं अन्य निजि कलेजमा अध्यापन गराए । दाहालले २०६१ सालबाट साथीहरुसंग मिलेर ग्लोबल कलेज अफ म्यानेजमेन्ट किनेर सञ्चालनमा ल्याए । यो कलेज अहिले व्यवस्थापन संकाय पढाउने कलेजहरुको भिडमा आफुलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भएको छ । यस कलेजबाट उत्पादन भएका विद्यार्थी विभिन्न क्षेत्रमा आफ्नो कुशल व्यवस्थापकीय क्षमता देखाई रहेका छन् । प्रतिस्पर्धात्मक बजारमा आफ्ना विद्यार्थी सफल भएकोमा प्रिन्सिपल डा. दाहाल दंग छन् ।
पब्लिक कलेज व्यवस्थापन कमजोर हुँदा शिक्षामा राम्रो नतिजा ल्याउन नसकेको दाहाल बताउँछन् । निजि कलेजमा शैक्षिक वातावरणका साथमा राम्रो व्यवस्थापन र दक्ष शिक्षकको कारण नतिजा राम्रो आएको दाहाल स्पष्ट पार्दछन् । नेपालमा अहिले दुई किसिमको शिक्षाको कारण शैक्षिक बेराजगारको संख्या बढेको छ । विशेषगरी पब्बिल कलेजमा अध्ययन गरेका विद्यार्थी विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा देखिन्छन् । जसले गर्दा उनीहरु पछि पर्ने गरेको देखिन्छ । डा. दाहाल भन्छन्–‘ अहिले नेपालमा दुई किसिमको शिक्षा देखिएको छ, यो देखिन हुँदैन ।’ नेपालमा पब्लिक प्राइभेट पानर्टर सिपको प्रयोग गर्नु पर्ने आवश्यकता दाहाले देखेका छन् । नेपालमा दुई किसिमको शिक्षा हटाउनका लागि पब्लिक र निजि क्षेत्र मर्ज गर्दा राम्रो हुने उनको विश्लेषण छ । प्राइभेट संग भएको स्रोत र सरकारसंग भएको स्रोतको मर्ज गर्दा राम्रो शिक्षा दिन सकिने दाहाल बताउँछन् । राम्रो शिक्षाका लागि पब्लिक क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको दाहालले स्पष्ट पारे ।

 

शंकरदेव क्याम्पसबाट अध्यापन सुरु गरेका दाहालले पब्लिक युथ क्याम्पससगैं अन्य निजि कलेजमा अध्यापन गराए । दाहालले २०६१ सालबाट साथीहरुसंग मिलेर ग्लोबल कलेज अफ म्यानेजमेन्ट किनेर सञ्चालनमा ल्याए । यो कलेज अहिले व्यवस्थापन संकाय पढाउने कलेजहरुको भिडमा आफुलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भएको छ । यस कलेजबाट उत्पादन भएका विद्यार्थी विभिन्न क्षेत्रमा आफ्नो कुशल व्यवस्थापकीय क्षमता देखाई रहेका छन् । प्रतिस्पर्धात्मक बजारमा आफ्ना विद्यार्थी सफल भएकोमा प्रिन्सिपल डा. दाहाल दंग छन् ।

डा.दाहालले नेपालको शैक्षिक अवस्थाको बारेमा नजिकबाट राम्रोसंग बुझेका छन् । नेपालमा व्यवसायीक शिक्षाको अभाव भएको दाहालले देखेका छन् । रोजगारमुलक शिक्षा दिने हो भने नेपालमा शैक्षिक बेरोजगारको संख्या कम हुने थियो भने रोजगारको अवसरहरु हुने थियो । नेपालमा अवसर हुने हो भने युवाहरु बाहिर जाने अवस्था आउने थिएन । अव पुराना शिक्षा भन्दा पनि प्राविधिक शिक्षा दिनु पर्ने दाहाल बताउँछन् । प्राविधिक शिक्षा सम्बन्धी कोर्षको विकास गर्न जरुरी रहेको दाहालले बताए । अब प्रत्येक प्रदेशमा प्राविधिकमुलक शिक्षाका लागि ठुलो शैक्षिक संस्था स्थापना गर्न सरकारलाई स्थापना गर्न दाहाल आग्रह गर्छन । रोजगारसंग जोड्न सक्ने शिक्षा नेपालमा चाहिएको छ ।
एमएसम्मको अध्यापन हुने ग्लोबल कलेजमा अहिले करिब १६ सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको सुन्दर भविष्य बनाउने आधार स्तब्धको रुपमा रहेको शिक्षा क्षेत्रमा दाहाल निरन्तर काम गरिरहेका छन् । उनी हरपल विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिन सकिन्छ भन्ने विषयमा चिन्तन गरिरहेका हुन्छन्  । राम्रो शैक्षिक वातावरण भएको हुँदा नै यस कलेज सबै विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । उनी विद्यार्थीको रोजाई अनुसारको अध्ययन गर्न दिन अभिभावकलाई आग्रह गर्दछन् । अभिभावक, शिक्षक र विद्यार्थीको संयोजनमा मात्र नतिजा राम्रो आउने दाहालको अनुभव छ । विद्यार्थी जिवनमा अध्ययनमा मात्र ध्यान दिन विद्यार्थीलाई आग्रह गर्दछन् । सिप र ज्ञानले मात्र जिवनमा सफल हुने दाहालले स्पष्ट पारे ।
हाल ग्लोबल कलेजको नेतृत्व गरिरहेका दाहाल आजको स्थानसम्म आउन ठुलो संर्घष र मेहनत गरेका छन् । पोखरा र चितवनमा आफ्नो बाल्यकाल विताएका दाहाल हिजोको दिनमा गरेको संघर्ष आज स्मरण गर्दछन् । जिवनमा मेहनत, लगनशिल र धैर्यवान भएर अघि बढ्न सकेमा सफल हुने दाहाल बताउँछन् । जिवनलाई सरल रुपमा बुझेका दाहालले आफ्नो दायित्व पुरा गर्नु नै जिवनको सार्थकता हुने बताउँछन् । परिवारको साथ र सहयोगको कारण आजको दिनसम्म आइपुग्न सफल भएका दाहाल श्रीमती र दूई सन्तानका साथ खुशी जिवन बिताइरहेका छन् ।

प्रस्तुति : मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij