
अर्थ नेपाल संवाददाता
काठमाण्डौ/ साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यानएकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् । साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमाशनिबार भएको अन्तरसंवादकार्यक्रममाबोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएकोप्रतिचिन्ताव्यक्त गरे ।
साहित्यकार केसरीको उपन्यास सुवर्णलताले पाठकको ध्यानआकर्षण गर्ने विस्वास उनीहरुको छ । उपन्यासकार अमर न्यौपानेले उपन्यासको भावपक्षशसक्तभएपनिउपन्यास लामो भएको तर्क गरे । उनले भने,‘उपन्यासको भावउच्चभएपनि धेरै विषयबस्तु छुनकाले उपन्यास अलिकलामो भएको छ ।जसका कारण पाठकलाई केहि समय अलमल जस्तो अनुभूतिभएपनिआखिरमा पाठकको मन तानिरहन यो सफलहुनेछ ।’
साहित्यकार डा. रामप्रसाद ज्ञवालीले उपन्यास सुवर्णलतामा पाठकको ध्यान सुरुदेखि अन्त्यसम्मतान्ने तागत रहेको बताए । सुवर्णलताभित्रमायाप्रेमसँगै ग्रामीण र शहरी परिवेशकापात्रहरुलाई सुन्दर ढंगले लेखक केशरीले प्रस्तुतगर्नुभएको साहित्यकार ज्ञवालीको बुझाई छ ।
समालोचक रामलोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्नसक्ने कृति बनेको बताए । उनले भने,‘सुवर्णलतामादुईवटा फरक कथा छ । एउटा पक्षबर्तमान केन्द्रित छ भने अर्को बौद्धकालीन समयमा डुलेकोे छ । दुईवटा कृति समेत बन्नसक्ने कुरा एउटै कृतिमा समावेश हुनु पाठकको लागिफाइदाको कुरा हो ।’
कार्यक्रमाउपस्थित पाठकले उपन्यास अत्यन्तउत्कृष्ठ भन्दै उपन्यासमा लेखकले बौद्धकालिन समाज र बुद्धले पत्तालगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयं हिँड्दै गरेको अनुभुतिहुने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममाउपस्थित पाठक विजयमोक्तानकाअनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयं नै अगाडि उभिएर प्रवचनदिईरहको अनुभूतिहुनु लेखकको लेखकीय सफलताहो ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँउर्जा प्राप्तभएको भन्दै आफूमाथिनयाँजिम्मेवारी थपिएको बताएकाथिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमाआएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउनलागेको पनिउनले खुलासा गरे । उपन्यास सांग्रिलाबुक्सले बजारमाल्याएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij