२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

बढी देखिने वंशाणुगत रोग

बढी देखिने वंशाणुगत रोग

2.1K
Shares

डा. ललितकुमार मिश्र, होमियोप्याथिक कन्सलटेन्ट

वेलावेलामा अनौठो प्रकृतिका बच्चा जन्मिएको कुरा बाहिर आउने गर्छ । त्यसपछि अभिभावकलाई चिन्ता हुन्छ कि ‘आगामी पुस्ता पनि यस्तै हुने त होइन ?’ विशेष गरी वंशाणुगत कारणले यस्तो समस्या देखिने गर्छ । सुस्त मनस्थिति, जन्मजात अपांग वा अशक्त, महिलामा बाँझोपना, मृत शिशु जन्मनेजस्ता रोग पनि वंशाणुगत हुन्छन् । यी हुन् सबैभन्दा बढी देखिने वंशाणुगत रोग र त्यसको समाधान :

के हो वंशाणुगत रोग ?
मानव शरीर अर्बौं सेलहरूको संगठन हो । पुरुषको एक्स र महिलाको वाई मिलेर २३ जोडी क्रोमोजोम बन्छन् । यही क्रोमोजोमका कारण आमा–बाबुका गुण–अवगुण पुस्तान्तरण हुन्छ । यस्तै जिनबाट सर्ने रोगलाई नै वंशाणुगत अर्थात् हेरिडिटी रोग भनिन्छ । त्यसैले पनि आमा–बाबु दुवैमा भएको रोग सन्तानमा सर्ने प्रबल सम्भावना हुन्छ । वंशाणुगत रोग यस्ता हुन्छन्, जुन पुर्खाबाट पुस्तान्तरण हुँदै आएको छ । यस्ता रोग प्रायः स्थायी प्रकृतिका हुन्छन् ।

यस्ता प्रकृतिका रोगको उपचार विधि थुप्रै छन् । होमियोप्याथिक चिकित्सा प्रणालीमा भने दम्पतीलाई नै औषधि सेवन गराई उपचार गरिन्छ । ताकि, भावी सन्ततीमा त्यस्तो रोग नफैलियोस् ।

उपचार
मोटो र निर्बल जन्मिएमा
कतिपय आमा–बुबाबाट मोटो, थुलथुले शरीर र निर्बल बच्चा जन्मने गर्छ । त्यसैले आगामी सन्तानमा यस्तो समस्या नआओस् भन्नका लागि गर्भवती महिलालाई कल्केरिया कार्ब २००–वान एम शक्ति ओषधिको प्रयोग गर्नुपर्छ । यस्तो औषधि गर्भ रहेको पाँचौँ महिनाबाट सुरु गर्नुपर्छ । त्यसपछि जन्मने बच्चा सामान्य हुन सक्छ । शिशु कमजोर जन्मनुमा आमाको दुब्लो शरीर, हड्डीको कमजोरी र अन्य अस्वस्थकर गतिविधि पनि जिम्मेवार हुन सक्छन् ।

मृत शिशु जन्मिएमा
वंशाणुगत रोगकै कारण मृत शिशु जन्मने र जन्मेपछि मृत्यु हुने पनि हुन्छ । यस्तो बच्चा जन्मिएमा भावी सन्तानको सुरक्षाका लागि सिमिसिफ्युगा–क्यू (मदर टिन्चर) औषधि प्रतिदिन पाँच थोपाको अनुपातमा सेवन गर्नुपर्छ । यो औषधि चार महिनासम्म सबेरै खानुपर्ने हुन्छ । त्यस्तै, कल्केरियन फाँस १२ एक्स शक्तिको औषधि पनि प्रयोग गर्नुपर्छ । यस्तो औषधि सेवनपछि जन्मिएको बच्चा जीवित हुनुका साथै दीर्घजीवी हुने सम्भावना पनि अत्यधिक हुन्छ ।

आठ महिनामै जन्मिएमा
कतिपय गर्भवती महिलाबाट समय नपुगी बच्चा जन्मिने समस्या हुन्छ । यसरी उमेर नपुगी जन्मेका प्रायः सन्तानमा कमजोरी हुन्छ । यस्तो समस्या भएमा गर्भवती महिलाले कोलोफाइलम–३० शक्तिको औषधि सेवन गर्नुपर्छ । यस्तो औषधि कम्तीमा सात महिनासम्म बिहानको समय सेवन गर्नुपर्ने हुन्छ । तर, प्रसव हुनुभन्दा करिब २५ दिनअगाडिबाटै यस्तो औषधि सेवन गर्नुपर्छ ।

ओठ काटिएको बच्चा जन्मिएमा
केही महिलाबाट ओठ काटिएको बच्चाको जन्म हुन्छ । यस्ता महिला पुनः गर्भवती भएको अवस्थामा उसलाई आठ महिनासम्म कल्केरिया सल्फ सिक्स एक्स औषधि बिहान–बेलुकी दिनुपर्ने हुन्छ । त्यसपछि जन्मने सन्तान सामान्य हुन सक्छ ।

वंशमा टिबी भएमा
यदि परिवारका कुनै सदस्यमा टिबी अर्थात् क्षयरोग भएको छ भने बच्चामा पनि त्यो दोहोरिने प्रबल सम्भावना हुन्छ । यस्तो मेडिकल हिस्ट्री भएका वंशको गर्भवती महिलाले चिकित्सकको सल्लाहअनुसार ट्युबरकुलिनम १ एमर शक्तिको औषधि सेवन गर्नुपर्छ । यस्तो औषधिको सेवनपछि जन्मने बच्चामा टिबी हुने सम्भावना अत्यन्तै कम हुन्छ । तर, यी सबै प्रकारका औषधि चिकित्सकको सल्लाहपछि मात्र
प्रयोग गर्नुपर्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij