
अर्थ नेपाल संवाददाता
काठमाडौं / वीरगञ्जमा अग्नि ग्रुपले पिडिआई (प्रि डेलिभरी इन्स्पेक्शन) सेन्टर तथा स्पेयर पार्ट बिक्री केन्द्रको स्थापना गरेको छ।
केन्द्रकोे उद्घाटन महिन्द्रा एण्ड महिन्द्रा साउथ एशियाका उपाध्यक्ष इन्टरनेशनल अपरेशन प्रमुख सञ्जय ज्यादभ तथा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सञ्जय ज्यादभले “महिन्द्रा गाडीप्रतिको आम विश्वास अनि भरोसालाई आत्मसाथ गर्दै कम्पनीले यो केन्द्रको स्थापना गरेको कुरा” बताए। त्यस्तै अर्जुन प्रसाद शर्माले “ग्राहक समक्ष गाडी पुर्याउनु पूर्व नै गाडी पूर्ण रुपमा गुणस्तर युक्त छ भनी सुनिश्चितता प्रदान गर्ने” उल्लेख गरे।
यस सेन्टरबाट गाडीको फिनिसिङ्ग, ग्यास, वासर फ्ल्युड, इन्जिन आयल राख्ने जस्ता कार्यहरु गरिनुका साथै बोल्टहरुलाई कस्ने, इत्यादि कार्यहरु हुने सेन्टरले जनाएको छ।
त्यसका साथै स्पेयर पार्ट आउटलेटबाट यस क्षेत्र तथा वरिपरिका ग्राहकलाई महिन्द्राको गुणस्तरीय पार्टपूर्जा सहज रुपमा उपलब्ध गराउने विश्वास लिइएको सेन्टरले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij