२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सेवा नै जीवनको लक्ष्य

सेवा नै जीवनको लक्ष्य

2.3K
Shares
मधुकर उपाध्याय पूर्व गर्भनर लाइन्स क्लव अन्तराष्ट्रिय

लाइन्स क्लब अन्तराष्ट्रियका पूर्व गर्भनर मधुकर उपाध्याय सानैदेखी समुहमा काम गर्न मन पराउथे । समुहमा रहेर केहि गर्नु पर्दछ भन्ने सोच भएका उपाध्यायले समुहमा मिलेर स्कुल/कलेज पढ्दा धेरै सामाजिक काम पनि गरेका छन् । त्यहि प्रभाव बढ्दै गएर अहिले सामाजिक क्षेत्रको ठुलो संस्थाको महत्वपूर्ण जिम्मेवारी निर्बाह गरिसकेका छन् । अहिले उनी सामाजिक कामसगैं सहकारी अभियन्ताको रुपमा पनि सक्रिय छन् । धनुषामा जन्मेका उपाध्याय समाजका लागि केहि गर्नु पर्दछ भन्ने सोचका साथ काम गरिरहेका छन् । धनुषामा सहकारी र मनि ट्रान्सफरको कामबाट आफ्नो व्यवसायीक जिवन सुरु गरेका उपाध्याय अहिले काठमाडौंमा रहेको लाइन्स मित्र बहुउद्देश्य सहकारीको बोर्ड सदस्यको रुपमा काम गरिरहेका छन् ।
असल नागरिक बनेर देश र जनताको सेवा गर्नु पर्दछ भन्ने भावना भएका उपाध्याय सन् २००० बाट धनुषामा हुँदा नै लाइन्स क्लवसंग आवद्ध भएका थिए । उनले यस संस्था मार्फत निरन्तर सामाजिक काममा सक्रियता पूर्वक लागिरहेका छन् । कर्ममा विश्वास राख्ने उपाध्याय धर्तिमा जन्मिएपछि समाजको लागि केहि गर्नुपर्ने मान्यता राख्दछन् । मृत्युपछि सबैले सम्झने काम गर्न सकेमा मात्र जीवनमा सफल हुने उपाध्याय बताउँछन् ।

मधुकर उपाध्याय
पूर्व गर्भनर
लाइन्स क्लव अन्तराष्ट्रिय

धनुषाबाट स्नातकसम्मको अध्ययन पुरा गरेका उपाध्यायले काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट एमएसम्मको अध्ययन पुरा गरे । अहिले उनी सहकारी र लाइन्स क्लव मार्फत समाजसेवामा क्रियाशिल रहेका छन् । स्वयमसेवकहरुको संस्थाको रुपमा रहेको लाइन्स क्लव नेपालमा स्वास्थ्य क्षेत्रमा बढि सक्रिय रहेको छ । २९ हजार भन्दा पनि व्यक्ति नेपालमा लाइन्स क्लवमा आवद्ध रहेको उनले जानकारी दिए । लाइन्स क्लवमा आवद्ध भएका व्यक्तिहरुको सहयोगबाट सामाजिक काम गर्ने भएको हुँदा यो संस्थाका लागि कुनै सहयोग नआउने उपाध्यायले बताए । आफ्नो व्यवसायीक कामबाट समय निकालेर समाजको लागि केहि गर्ने उद्देश्य बोकेका व्यक्तिहरु लाइन्स क्लवमा आवद्ध हुने गर्दछन् । लाइन्स क्लवले सरकारी निकायहरुको सहकार्यमा स्वास्थ्य सम्बन्धी जनचेतना तथा शिविरका साथमा स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अहिले कर्णाली क्षेत्रमा चौधरी फाण्डेशनकोसंगको सहकार्यमा उद्यमशिलता कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोसल विजनेशको रुपमा कर्णाली क्षेत्रमा त्यहिको जनशक्ति र कच्चा पदार्थको उपयोग गरेर उद्योग सञ्चालन गरिरहेको उपाध्यायले बताए ।

असल नागरिक बनेर देश र जनताको सेवा गर्नु पर्दछ भन्ने भावना भएका उपाध्याय सन् २००० बाट धनुषामा हुँदा नै लाइन्स क्लवसंग आवद्ध भएका थिए । उनले यस संस्था मार्फत निरन्तर सामाजिक काममा सक्रियता पूर्वक लागिरहेका छन् । कर्ममा विश्वास राख्ने उपाध्याय धर्तिमा जन्मिएपछि समाजको लागि केहि गर्नुपर्ने मान्यता राख्दछन् । मृत्युपछि सबैले सम्झने काम गर्न सकेमा मात्र जीवनमा सफल हुने उपाध्याय बताउँछन् ।

साथै लाइन्स क्लव अन्तराष्ट्रियले २०७५ सालमा अत्याधुनिक ब्लड बैंक सञ्चालन गर्ने तयारी गरिरहेको छ । देश विकासको लागि सामाजिक सद्भाव र आर्थिक सम्बृिद्ध तर्फ देशलाई लैजानु पर्ने आवश्यकता रहेको उनले देखेका छन् । नेपालमा सहकारी क्षेत्रले आर्थिक विकासको लागि ठुलो योगदान दिएको छ । बैकिङ क्षेत्र नपुगेका क्षेत्रमा सहकारी पुगेको छ भने मानिसमा बचत गर्ने बानिको विकास भएको उपाध्याय बताउँछन् । बचत गर्नुका साथै व्यवसायमा लगानी गर्नका लागि सहज  ऋण पाउने भएको हुँदा किसानदेखी व्यवसायीलाई ठुलो सहयोग पुगेको छ । हरेक कुरामा उज्यालो पक्षसगैं अध्यारो पनि हुने गर्दछ । हरेक क्षेत्रमा केहि समस्या भएको हुँदा सहकारी क्षेत्रमा पनि अहिले त्यस्तो समस्या नभएको उपाध्याय बताउँछन् । राज्यले सहकारीलाई निगरानी तथा सहयोग गर्नुपर्दछ । यस तर्फ राज्यले ध्यान दिनु पर्दछ । सहकारीले समाजमा धेरै राम्रो काम गरेको छ । उपाध्याय भन्छन् –‘सहकारी मर्ज हुनु राम्रो हो । यसलाई सकारात्मक रुपमा लिएको छु ।’
जीवन भनेको आफ्नो लागि मात्रै होइन देश र समाजको लागि पनि केहि गर्न सकेमा जन्मनुको सार्थकता हुने उनको बुझाइछ । समाजको लागि सकारात्मक सोचका साथ जति सकिन्छ त्यति योगदान गर्नुपर्ने उपाध्यायको मान्यता छ । समाजले भ्रष्टाचारलाई जबसम्म बहिस्कार गर्दैन तबसम्म भ्रष्टाचार नघट्ने उपाध्याय बताउँछन् ।
परिवारको साथ विना कुनै पनि काम सम्भव हुँदैन । अहिले श्रीमति र छोरीको साथ खुशीसाथ आफ्नो जीवन बिताइरहेका छन् ।

प्रस्तुति : मनोज थापा

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij