
अर्थ नेपाल संवाददाता
काठमाडौं /सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेड्रिङ कर्पोरेशनले ७३ करोड ९३ लाख रुपैयाँ कूल मुनाफा आर्जन गरेको छ।
गत वर्ष भन्दा यस वर्ष कर्पोरेशनले ६१ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गर्दै कूल मुनाफा ७३ करोड ९३ लाख रुपैयाँ पु¥याएको हो ।
कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून मुनाफा लिएर कारोबार गरिरहेकोे बताए।
कर्पोरेशनले पूँजीको अभावमा व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको पनि स्पष्ट पारेको छ। कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले पूँजीको अभावका कारण व्यापार, व्यवसायको दायरा बढाउन नसकिएको बताइन्।
खाने नुन नै कर्पोरेशनको मुख्य कारोबार हो। कर्पोरेशनको ५१ औं स्थापना दिवसमा आयोजना गरिएको कार्यक्रममा ८ अर्ब ५८ करोड रुपैयाँको कारोवार भएकोे जनाइएको थियो। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने अनुमति आयल निगमबाट लिएको भन्दै चाँडै संचालनमा आउने बताइन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij