
अर्थ नेपाल संवाददाता
काठमाडौं /सामसङले नयाँ अफर ल्याएको छ । ग्यालेक्सी ‘नोट एट’ स्मार्टफोनको खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बिमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबीको फोरजी डाटा सुविधा उपलब्ध गराएको छ।
फोरजी डाटा प्रति महिना २ जिबीका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्रदान गरिने कम्पनीले जनाएको छ। कम्पनिले यसका साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको जनाएको छ। फोनको बजार मुल्य १ लाख २ हजार ९ सय ९० रुपैयाँ रहेको छ।
फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र डुअल क्यामराले फोनलाई उत्कृष्ट बनाएको कम्पनीले बताएको छ।
यसमा भएको डुअल क्यामराको साथ अप्टिक इमेज स्टब्लाइजेसन (ओआइएस) ले प्रतिकुल अवस्थामा समेत राम्रो फोटो खिच्न सक्ने सामसङको दाबी छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij