
अर्थ नेपाल संवाददाता
काठमाडौँ/ अर्थ तथा ब्यवसायीक क्षेत्रमा कृयाशिल ब्यक्तिको सम्मानमा प्रदान गर्न लागिएको सिइओ अफदिइयर अवार्डका लागी भोटिङ्ग खुल्ला भए सगै यसको चर्चा पनि चुलिएको छ । नेपालमा पहिलो पटक प्रदान गर्न लागिएको अवार्डको पपुलर सिइओ अफदिइयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी बिनोद चौधरी सम्मको प्रतिस्पर्धाले चर्चा पाएको हो ।
आइतवार रिपोर्टर्स क्लब नेपालमा आयोजकले पत्रकार सम्मेलन गरेर पपुलर सिइओ अफदिइयरका लागी भोटिङ्ग खुल्ला गरिएकोे जानकारी दिएको थियो । ६ वटा बिधामा प्रदानगर्न लागिएको अवार्डको अन्य ५ बिधाको भने जूरी कमिटीले फाइनलगर्ने र पपुलर सिइओ अफदिइयरका लागीभने पब्लीक भोटिङ्ग मार्फत फाईनलगर्ने आयोजकले जनाएको छ । नेपाल कै ठुला घराना, उद्योगी, ब्यवसायी देखि नेपालबिद्युतप्राधिकरणका प्रवन्धनिर्देशक सम्म यस बिधामा नोमिनेशनमा परेका हुन् । १६जनाको यस अवार्डका लागी नोमीनेशनमा परेको र सबैलाई भोटिङ्ग मार्फत नै सबै भन्दा धेरै भोट ल्याउनेलाई अवार्ड प्रदानगरिने पत्रकार सम्मेलन मार्फत बताईएको छ । अनलाईन भोटिङ्ग ५० प्रतिशत तथा मोवाइल भोटिङ्ग ५० प्रतिशत सर्वाधिक भोट पाउने ब्यक्तिलाई पपुलर सिइओ अफदिइयरको अवार्ड प्रदान गरिने जनाइएको छ ।
अगामी फाल्गुन ३० गते होटल सोल्टीमा नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममाझ अर्थ तथा ब्यवसाय जगतमा कृयासिलतथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथाम्यानेजिङ डाइरेक्टरहरुलाई अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा १७ देशका ३०० जनाको सहभागी रहनेछ ।
आफुलाई मन परेको ब्यक्तीलाई अनलाईनमा https://nepalceosummit.com/ceopopularchoice/ गई भोट गर्न सकिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij