
अर्थ नेपाल संवाददाता
काठमाडौं /यामाहाले ७ मार्च अर्थात फागुन २३ लाई ‘स्कुटर डे’का रुपमा मनाउने भएको छ। ‘स्कुटरले आरामदायी यात्रा र आत्मविश्वास पनि दिने भएकाले यो ग्राहकको मनपर्ने साधन भएको र यसको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका कम्पनिले जनाएको छ ।
स्कुटर डेका अवसरमा निःशुल्क स्कुटर वासको सुविधा रहेको र यसका साथै ‘स्कुटर डे’कै दिन एमएडब्लुले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने बताएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रे स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ यामाहाले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij