२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धुपाल्चोकमा नविल बैंकको सहयोगमा विद्यालय भवन निर्माण

सिन्धुपाल्चोकमा नविल बैंकको सहयोगमा विद्यालय भवन निर्माण

2.1K
Shares

अर्थ नेपाल संवाददाता
सिन्धुपाल्चोक/ नविल बैंकको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको फटकशिला माध्यमिक विद्यालय भवन निर्माण पछि उद्घाटन गरिएको छ ।

भूकम्पबाट प्रभावित भएको मेलम्ची नगरपालिका वडा नं. १३ स्थित उक्त विद्यालयको २ कोठे भवन निर्माणका लागि बैंकका कर्मचारीहरुले गरेको ४ लाख १ हजार ७ सय ८३ सहयोग गरेका थिए ।
उक्त भवनको बैंकका संचालक तथा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल, बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, संचालक रमेश प्रसाद लोहनीको उपस्थितिमा उद्घाटन गरिएका थिए ।
त्यस्तै नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले नव निर्मित भवनका कक्षा कोठाहरुको व्यवस्थापन तथा संचालनका लागि विद्यालय व्यवस्थापन समितिलाई रु २ लाख २६ हजार ५०० रकम बराबरको थप सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij