
अर्थ नेपाल संवाददाता
काठमाडौं /सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टरबिच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गरेका हुन्।
अब एन्जाज सर्भिस सेन्टरको १ सय ७९ रेमिटान्स सेन्टरबाट नेपालीहरुले सिधैं नगद पठाउन वा नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन्।
सिटी एक्सप्रेसले बिगत ११ बर्ष देखि रेमिटान्स सेवा दिइरहेको छ। सिटी एक्सप्रेसको नेपालमा ५ हजार ५ सय भन्दा एजेन्टहरु रहेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij