रञ्जना केसी
प्रबन्ध निर्देशक
कृति शिशु स्याहार केन्द्र, बसुन्धरा काठमाडौं
बसुन्धरामा रहेको कृति शिशु स्याहार केन्द्रकी सञ्चालिका रञ्जना केसी विगत १३ वर्षदेखी शिक्षा क्षेत्रमा सक्रिय छिन् । अहिले उनी केन्द्रको सञ्चालनसगैं सामाजिक कामहरुमा उतिकै सक्रिय छिन् । शिक्षण पेशामा आबद्धता रहँदा जागिरे अभिभावकको पीडालाई उनले नजिकबाट अनुभुति गरिन । त्यसैको प्रतिफल हो कृति शिशु स्याहार केन्द्र । पारिवारिक वातावरणका साथमा बच्चा हेरचाह र पढाई पनि हुने भएको हुँदा अभिभावकको पहिलो रोजाईमा परेको छ ।
१३ वर्ष अघि ९ जना बच्चाबाट सुरु भएको यो केन्द्रमा अहिले ८० जना भन्दा बढि बालबालिका रहेका छन् । मध्यम वर्गिय परिवारलाई लक्षित गरेर स्थापना भएको केन्द्रमा कम शुल्कमा गुणस्तरिय खाना, तालिम प्राप्त शिक्षिकाहरुबाट पढाई हुने गर्दछ । रोजगारी नगरी खान नपुग्ने परिवारलाई यो केन्द्र आफ्नो घरको रुपमा रहेको अभिभावकहरु बताउँने केसी बताउँछिन् । अभिभावकको पीडालाई मनन गरेर खोलिएको हुँदा व्यवसायीक भन्दा पनि सामाजिक दायित्वको रुपमा सञ्चालन गरिरहेको सञ्चालिका केसीले स्पष्ट पारिन । कोमल मनकी केसी अरुको दुःख र पीडामा सहयोगी बन्ने गरेकी छन् । केन्द्र सञ्चालनको क्रममा उनले धेरै दुःख र कष्टहरु झेल्दै आजको यो सफलताको दिनहरुसम्म आइ पुगेकी छिन् । ९ जना भन्दा बढि शिक्षक र कर्मचारी कार्यरत यो केन्द्रलाई भविष्यमा कम शुल्कमा अझ थप कक्षा थप्ने योजना केसी रहेकी छिन् ।
उनी भन्छिन् –‘यो केन्द्र व्यवयाय भन्दा पनि समाजसेवाको रुपमा लिएको छु ।’ मध्यम वर्गिय परिवारका व्यक्तिहरु बालबच्चा हुर्काउन पर्दा काम गर्न नसक्ने अवस्था हुँदा आर्थिक समस्या परेको उनले देखेकी छिन् । काठमाडौंकी स्थायी बासिन्दा केसी आफ्नो काम प्रति सधै इमान्दारिताका साथ गरिरहिन । चुनौतिहरुलाई पारगर्दै सफलताको मार्गमा लम्किरहेकी केसीलाई परिवारको पूर्ण साथ रह्यो । महिलाहरुको लागि उदाहरणीय केसी कर्मशीलका लागि प्रेरणाकी स्रोत हुन । सफल हुनका लागि आफ्नो काममा कटिबद्ध हुनु पर्ने उनले बुझेकी छिन् । औपचारिक शिक्षा भन्दा पनि मेहनतको शिक्षा ठुलो हुने उनको तर्क छ । जीवनलाई संघर्षको रुपमा बुझेकी केसी मेहनत विना सफल नहुने बताउँछिन् । हिजो ९ जनाबाट सुरु भएको केन्द्र अहिले विस्तार हुँदै गएको छ । यो केसीको मेहनतको फल हो । उनी आफु मात्रै होइन अरु दिदिबहिनीहरुलाई पनि केहि गर्न प्रेरणा, हौसला र साथ सहयोग गर्छिन ।
सानोमा चञ्चले स्वभावकी केसी स्कुले शिक्षा पुरा गर्ने वितिकै विवाह बन्धनमा बाधिन । विवाह पछि घर परिवार व्यवस्थापनसगैं आफ्नो कामलाई पनि अघि बढाइन । जसको कारण आज उनी सफल छिन् । आफ्नै खुट्टामा उभिएर केहि गर्ने सोच भएकी केसी अरु दिदिबहिनीलाई पनि केहि गर्न आग्रह गछिन् । हात बाधेर बस्नु हुन्न । आफुले जानेको काम गर्दा आर्थिक रुपमा राम्रो हुनुको साथै परनिर्भता हट्ने बताउँछिन् । घर र कामलाई व्यवस्थापन गर्न सक्नु भनेको नारीको कला हो । त्यहि कलालाई सुन्दर प्रयोग गरेर राम्रो घर बनाउन सकिने उनको विश्वास छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij