
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रक्षामन्त्री भएका छन्। पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा अर्थमन्त्री बनेका छन्। एमाले र माओवादीबीच मन्त्रालय भागबन्डा हुँदा एमालेको भागमा अर्थ मन्त्रालय परेको थियो।
त्यसैगरी माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको को जिम्मेवारी दिइएको छ । थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij