२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हराएको मेमोरी कार्डबाट फाइल कसरी पाउने?

हराएको मेमोरी कार्डबाट फाइल कसरी पाउने?

2K
Shares

आजभोली डिजिटल प्रविधि स्मार्टफोन, डिजिटल क्यामरा इत्यादिमा स्टोरेज क्षमता बढाउन माइक्रोएस्डी कार्ड (मेमोरी कार्ड) को प्रयोग गरिन्छ। प्रयोगकर्ताले आफूलाइ चाहिने डाटा, फोटो, भिडियो तथा गित इत्यादि आफ्नो डिभाइसमा सेभ गर्न मेमोरी कार्डको प्रयोग गर्छन्।

यही मुख्य बिशेषताका कारण यो सानो स्टोरेज डिभाइस धेरै भन्दा धेरै प्रयोगकार्ताले मन पराएर विश्वब्यापी रुपमा प्रख्यात भएको छ। यद्यपि ठुलो परिणाममा प्रयोग हुने यो स्टोरेज डिभाइसमा डाटा हराउने समस्या पनि प्राय भइरहन्छ। तपाइले आफ्नो डाटा नहराओस् भनेर अपनाएका अनेक सतर्कताका बावजुद कुनै दिन अकस्मात घटना हुन सक्छ।

कहिले काहिँ सिस्टमको खराबी, भाइरस, झुक्किएर डिलिट वा फर्म्याट भएको डाटा फिर्ता ल्याउन मिल्छ कि मिल्दैन भन्ने कुराले सताउन सक्छ। यस्तो अवस्थामा डाटा रिकभर गर्न माइक्रो एस्डी कार्ड रिकभरी सफ्टवेयरको प्रयोग उपयुक्त हुन सक्छ।

१.सबै भन्दा पहिले ‘इजअस डाटा रिकभरी सफ्टवेयर’ नामक सफ्टवेयर सर्च गरेर डाउनलोड गर्ने।

२.इन्स्टल गरिसकेपछि एस्डी कार्डलाइ कम्प्युटरमा कनेक्ट गर्ने।

३.सफ्टवेयर लन्च गर्ने, निर्देशन अनुरुप मेमोरी कार्ड सेलेक्ट गर्ने र स्क्यानमा क्लिक गरेर हराएको फाइल र कार्डमा बिग्रेर बसेको फाइल सर्च गर्ने।

४.सुरुमा क्वीक स्क्यान हुन्छ। यो प्रकृया सकिएपछि फाइल खोज्न डिप स्क्यान आफै लन्च हुन्छ।

५.स्क्यान सकिएपछि रिकभरी सफ्टवेयरले हराएको डाटा स्कृनमा देखाउँछ, त्यस पछि एस्डी कार्डबाट हराएको फाइललाइ पुनः प्राप्त गर्न रिकभर बटनमा क्लिक गर्ने।

६.रिकभर भएको फाइललाइ जुनकुनै ड्राइभमा सेभ गरेर सुरक्षित राख्न सकिन्छ।

साभार : सेतोपाटी डट कम

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij