
अर्थ नेपाल संवाददाता
विराटनगर/ विराटनगरमा नेपालका लागि काइनेटिक ग्रुपको आयातकर्ता र बितरक ग्रीन मोटर्सले नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले काइनेटिक सफर ई–अटो, शक्ति ई–लोडर, काइनेटिक सफर लिथियम र गारबेज टिपर जस्ता प्रडक्टहरु सार्वजनिक गरेको छ। कार्यक्रममा विराटनगर महानगरपालिकालाई एउटा गारबेज टिपर उपहार स्वरुप प्रदान गरेको कम्पनीले जनाएको छ।
ग्रीन मोटर्सको प्रमुख प्राथमिकता “गो ग्रीन” छ, जसले मोबिलिटी रेभोलुसनद्वारा सफा र प्रदुषण रहित वातावरण बनाउन सहज हुने कम्पनीले जनाएको छ। काइनेटिक ग्रीनले हालसालै थ्री व्हिलर ई–रिक्सा विकसित गरेको छ। भारतमा एआरआइ (अटोमोटिभ रिसर्च एसोसेसन अफ इन्डिया)को स्टान्डर्ड प्रमाणित गर्ने एकमात्र ई–रिक्सा हो।
कम्पनीको भविष्यमा काइनेटिक ग्रीन र ग्रीन मोटर्सको टु व्हिलर सेग्मेन्ट जस्तै हाई स्पिड मोटरसाइकल र स्कुटर पनि ल्याउने योजना रहेको जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij