२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ललितपुरमा टाटा मोटर्सको सर्भिस सेन्टर

ललितपुरमा टाटा मोटर्सको सर्भिस सेन्टर

1.8K
Shares

अर्थ नेपाल संवाददाता

ललितपुर/  ललितपुरको बागडोलमा  टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २५औं सर्भिस सेन्टर स्थापना गरेको छ। सर्भिस सेन्टरको उद्घाटन गर्दै टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले ग्राहकको मन जित्न आफु सफल भएको र टाटा ब्राण्डलाई एकदमै विश्वास गरकोमा आभार समेत व्यक्त गरे।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विश्वस्तरीय सुबिधाको साथै ग्राहकवर्गको सहजतालाइ ध्यानमा राखी बढ्दै गएको व्यापारमा टाटा मोटर्सलाइ साथ मिलाएर अघि बढ्न पाउँदा खुसी लागेको छ बताए।  भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी टाटा मोटर्स वार्षिक ४२  अर्व  डलरको कारोवार गर्ने कम्पनी हो। जसले कार, युटिलिटी गाडी, बस, ट्रकका साथै सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ।

नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्ताको ६ दिन बिहान ७ बजे देखि साँझ ५ः३० बजे सम्म सेवा प्राप्त गर्ने सिप्रदिले जनाएको छ। ७,७५० वर्ग फिटमा फैलिएको सर्भिस सेन्टरबाट ग्राहकलाइ सेवा दिन सहज हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij