
अर्थ नेपाल संवाददाता
काठमाडौ /लुम्बिनी अञ्चलमा एनआईसी एसिया बैंकले एकै दिन नौ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ। नवलपरासी जिल्लामा चार, रुपन्देहीमा तीन र कपिलबस्तुमा दुई शाखा बैंकले संचालनमा ल्याएको हो।
नवलपरासीस्थित गैंडाकोट नगरपालिकाको अमरापुरी, प्रतापपुरको गोपीगंज, मध्यबिन्दुको अरुणखोला तथा बिनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबासमा बैंकले शाखा संचालनमा ल्याएको छ।
रुपन्देहीस्थित देवदह नगरपालिकाको शंकरपुर, सैनामैनाको मुर्गिया र तिलोत्तमाको मणिग्राममा शाखा संचालनमा आएको बैंकले जनाएको छ।
बैंकका अनुसार कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकास्थित जितपुर र बुद्धभुमीको ईमिलिया शाखा संचालनमा आएका छन्।
यीसँगै बैंकका अधिराज्यभर १७० शाखा कार्यालयहरु संचालनमा छन्। १६८ एटिएम काउन्टरबाट सेवा संचालन भइरहेको एनआइसी एसियाले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij