२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लाहानमा यामाहाको नयाँ शोरुम

लाहानमा यामाहाको नयाँ शोरुम

1.2K
Shares

अर्थ नेपाल संवाददाता

सिराहा /सिराहाको लाहानमा नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ शोरुम खोलेको छ। नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा मिस नेपाल २०१७ निकिता चन्दकले गरेकि थिइन्।
एमएडब्लुले ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा दिने उद्देश्यले यो शोरुम सन्चालनमा ल्याएको होे। एसएस अटो सेन्टरका प्रबन्धक निर्देशक सञ्जिव साहले अब आफु सँग हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन समेत रहेको र ग्राहकलाइ गुणस्तरीय सर्भिसिङ दिने बताए।
स्कुटरमा यामाहाको फेसिनो, रे जेड्आर र रेजी गरी तीन मोडेल छन्। मोटरसाइकलमा एफजेड–एस, एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन्। यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सी।सी क्षमता भएको एफजेड २५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij