२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ज्यानमारा सडक: जहाँ दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम छ

ज्यानमारा सडक: जहाँ दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम छ

1.6K
Shares

काठमाडौं /तीनकुने सूर्यविनायक सडक खण्डमा दैनिक धेरै संख्यामा दुर्घटना हुने गरेका छन् ।  दुर्घटनाका कारण ज्यान गुमाउने बर्सेनि बढेका छन् ।

समाचारमा लेखिएको छ, यो बर्षमात्र करिब ३० जनाले यो सडक खण्डमा ज्यान गुमाएको हुन सक्ने स्थानीयले बताए ।’सडकमै मृत्यु भएको रेकर्ड प्रहरीसँग हुन्छ । कतिको त अस्पताल पुगेर उपचारका क्रममा मृत्यु हुन सक्छ, त्यो कुरा कसैलाई थाहै हुँदैन ।’ स्थानीय पसले रोकश श्रेष्ठले भने ।

उनी भन्छन्, ‘यो सडकमा दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ ।’ महानगरीय ट्राफिक महाशाखाको दुर्घटना विवरणअनुसार यो सडक खण्डमा पाँच बर्षको अवधिमा ७८ जनाको मृत्यु भएको छ ।  चालू आर्थिक बर्षको माघ महिनाभित्र १५ जनाको मृत्यु भइसकेको छ ।  तीनकुनेदेखि सूर्यविनायकसम्म ९ किलोमिटर सडक खण्डमा यति ठूलो संख्यामा व्यक्तिको ज्यान गएको हो ।

– नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij