
काठमाडौं/सात वटै प्रदेशलाई तत्काल ३ सय ३६ गाडी आवश्यक रहेको छ। सरकारले हरेक प्रदेशमा १४ देखि १६ गाडी केन्द्रले पठाउन भएको छ भने बाँकी प्रदेशमै व्यवस्थापन गर्नुपर्ने छ।
प्रदेश १ मा ५० गाडी आवश्यक रहेकोमा तत्काल एउटा गाडी पनि छैन। उसलाई केन्द्रले १३ गाडी दिने भएको छ। प्रदेश २ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १४ वटा मात्र दिने भएको छ।
त्यस्तै प्रदेश तीनमा ५९ गाडी आवश्यक रकेकोमा तीन वटा उपलब्ध छन्। प्रदेश चारमा ३० गाडी आवश्यक रहेकोमा १२ वटा केन्द्रले पठाउने तयारी गरेको छ।
त्यस्तै प्रदेश पाँचमा ४० गाडी आवश्यक रहेकोमा २ वटामात्र तत्काल उपलब्ध गराउने केन्द्रको तयारी रहेको छ। प्रदेश ६ मा ३५ गाडी आवश्यक छ। केन्द्रले १५ वटा दिने भएको छ। त्यस्तै प्रदेश सातमा ४५ गाडी आवश्यक परेकोमा तत्काल ४ वटामात्र केन्द्रले दिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij