
काठमाडौं /सरकारले शिक्षा क्षेत्रमा वार्षिक खर्वौ रुपैयाँ लगानी गरेपनि सामुदायिक विद्यालयको नतिजा दिनप्रतिदिन घट्दै गएको अवस्थामा राजधानी काठमाडौंको टोखा नगरपालिकामा रहेको तिलिङ्गटार माध्यामिक विद्यालय भने यसको अपवादमा पर्दछ । ठुला संस्थागत विद्यालयको विचमा रहेको यस विद्यालयको शैक्षिक अवस्था धेरै नै राम्रो रहेको छ । २०४८ सालबाट एसएलसी परिक्षामा सहभागी भएको तिलिङ्गटार मावि २०७४ सालसम्ममा एसएलसीमा सत प्रतिशत नजिता निकाल्न सफल भएको छ । .२०१९ सालमा पञ्चकन्या प्राविको रुपमा स्थापना भएको विद्यालय विभिन्न आरोहका विच २०५२ साल पुस १३ गतेबाट तिलिङ्गटार माविको रुपमा नेपाल सरकारबाट स्थायी सम्बन्धन पाएको थियो । यस दिनलाई विद्यालयले आफ्नो वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ ।

सुरुमा कक्षा ६ सम्मको अध्ययन हुने यस विद्यालयको शैक्षिक अवस्था बढ्नु पर्नेमा घट्दै गएपछि स्थानीयहरुको पहलमा विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणमा विस्तार हुन थाल्यो । २०३० सालमा विद्यालय कक्षा ६ बाट घटेर ४ कक्षामा झरेको थियो । तर स्थानीय बासिन्दाको पहल, शिक्षक र विद्यालय व्यवस्थापनको सक्रियतामा विद्यालय २०४० बाट २०४३ सम्म आइपुग्दा कक्षा ७ सम्म अध्ययन हुन थाल्यो । २०४५ सालमा निजि स्रोतबाट कक्षा ८ को अध्यापन सुरु गरेको यस विद्यालयले २०४८ सालबाट एसएलसी परिक्षामा सहभागी हुन थालेको हो । २०४८ सालमा १६ जना एसएलसीमा सहभागी भएको यस विद्यालयका ११ विद्यार्थीले एसएलसी पास गर्न सफल भएका थिए । २७ वर्ष लामो एसएलसी परिक्षाको नतिजा हेर्दा विद्यालयले आफ्नो नतिजा बढाउँदै लगेको देखिन्छ ।

२०७४ सालको एसइई परिक्षामा १४४ विद्यार्थी सहभागी भएकोमा सत प्रतिशत विद्यार्थी उर्तिण हुन सफल भएका छन् । यसबाट पनि विद्यालयको शैक्षिक अवस्था स्पष्ट हुन्छ । हाल उच्च मावि कक्षा १२ सम्मको अध्ययन हुने यस विद्यालयमा नर्सरीदेखी कक्षा १२ सम्ममा १६३१ विद्यार्थी अध्ययनरत रहेको प्राचार्य सरोजकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार विद्यालय अहिले पूर्णरुपमा अंग्रेजी माध्यममा अध्यापन हुने गरेको छ । उनी भन्छन् ‘आजको अवस्थामा आउन ठुलो मेहनत रहेको छ । स्कुल अब्बल भएकै कारण सरकारले २०७४ सालमा नमुना माविको रुपमा छनोट गरेको हो ।’ पाण्डेको २० वर्षे नेतृत्वमा विद्यालयले ठुलो सफलता हात पारेको छ । सामुदायिक विद्यालयको नमुना विद्यालय बन्नुको साथै विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल हुनुमा पाण्डे तथा विद्यालय व्यवस्थापन र शिक्षकको ठुलो भुमिका रहेको छ । अन्य विद्यालयले यस विद्यालयबाट धेरै कुरा सिक्न सक्दछ । शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधारले सम्पन्न यस विद्यालयमा प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकि संकायमा पढाई हुँदै आएको छ । विहानी शत्रमा मात्र पढाई हुने विद्यालयमा अब छिट्टै दिवा कक्षाहरु प्नि सञ्चालन गर्ने तयारी भइरहेको प्राचार्य पाण्डेले जानकारी दिए । ३० वर्ष लामो शैक्षिक क्षेत्रको अनुभव भएका पाण्डे आफ्नै कार्यकालमा विद्यालयलाई स्नातकसम्म पु¥याउने लक्ष्यमा रहेका छन् । नमुना विद्यालयको रुपमा छनोट भएपछि थप जिम्मेवारी बढेको भन्दै प्राचार्य पाण्डे भन्दछन् ‘थप भौतिक सुविधाहरु थप्ने तयारीमा रहेका छौं । शिक्षाको लागि कुनै सम्झौता गरेका छैनौ ।’ तिलिङ्गटार मावि काठमाडौंको नमुना सामुदायिक विद्यालय हो । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई गुणस्तर शिक्षाका लागि तिलिङ्गटार मावि राम्रो शिक्षाको थलो हो । कम शुल्कमा आधुनिक शिक्षा दिन सकिन्छ भन्ने उदाहरण यो विद्यालय हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij