२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

न्यूरोडमानेसनल लाइफ इन्स्योरेन्सको शाखा

न्यूरोडमानेसनल लाइफ इन्स्योरेन्सको शाखा

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /काठमाडौंको न्यूरोडमा नेसनल लाइफ इन्स्योरेन्सले शाखा स्थापना गरेको छ । उक्त शाखाको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले उदघाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईंले २०७५ असार मसान्तभित्र जीवन बिमा कम्पनीहरुले चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्ने बताए। यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) मा सुधार गर्नु पर्ने अवस्था रहेको भन्दै उनले अभिकर्ता र कर्मचारीलाई राम्रोसँग तालिम दिन सबै कम्पनीहरुलाई आग्रह गरे।
त्यसैगरी कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु वर्षको पहिलो ६ महिनामा २४३ करोड बराबर प्रिमियम आर्जन गर्न सफल भएको जानकारी दिइन्।
उनले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको, बीमितहरुको लागि ६१–८० को उच्चतम बोनस दर कायम गर्न सक्षम रहेको उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij