२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमलाई सिद्धार्थ फाउन्डेसनद्वारा आर्थिक सहयोग

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमलाई सिद्धार्थ फाउन्डेसनद्वारा आर्थिक सहयोग

940
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धाहरुको लागि रु. २११,१११ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।
फाण्डेशन सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित संस्था हो । उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा माघ २१ गते बैंकका संचालक विरेन्द्र कुमार शाहले गलेश्वरधाम वृद्घाश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् ।
सिद्धार्थ फाउन्डेसनले उक्त आश्रमको नाममा अक्षयकोष समेत स्थापना गरेको छ । उक्त कार्यक्रममा फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा थप सहभागिता जनाउँदै जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij