
अर्थ नेपाल संवाददाता
काठमाडौं /व्यापारी अजेयराज सुमार्गीले वैदेशिक लगानीका नाममा विदेशबाट ल्याएको करिब सवा २ अर्ब रुपैयाँ नरोक्न सर्वोच्च अदालतले अन्तरकालिन आदेश दिएको छ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बाँकी रहेको रकम रोक्नुपर्ने कुनै कानूनी आधार र कारण नदेखिएको भन्दै निवेदकको मागअनुसार तत्काल भुक्तानी गराउन नरोक्नू भन्ने आदेश दिएको हो।
मंगलबार भएको बहसपछि सर्वोच्चले विषयको गाम्भीर्यताका हिसाबले आगामी फागुन २ गते वृहत्तर छलफलका लागि दुवै पक्षलाई उपस्थित गराउन आदेशसमेत दिएको छ।
आइतबार मुक्तिश्री प्रा.लि.ले आफूले ल्याएको वैदेशिक लगानीको रकम राष्ट्र बैंकले अवैधानिकरूपमा रोकेको भन्दै फुकुवा गरिदिन मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij