२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाग्लुङमा सिद्धार्थ बैंकको नयाँ शाखा

बाग्लुङमा सिद्धार्थ बैंकको नयाँ शाखा

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौँ /बाग्लुङको बाग्लुङ बजारमा सिद्घार्थ बैंकले आफ्नो शाखा सञ्चालनमा ल्याएको छ ।  उक्त शाखाकोे उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ तथा बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले संयुक्त रुपमा गरेका थिए ।
यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।
हालै बैंकले देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटिएम, र ६५० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij