२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब पैसा सकिएपनि फोन नकाटिने, नेपाल टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट सेवा’

अब पैसा सकिएपनि फोन नकाटिने, नेपाल टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट सेवा’

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले आफ्नो १४ औं बार्षिकोत्सवको अवसरमा आफ्ना प्रिपेड ग्राहकको लागि यस्तो सुविधा ल्याएको हो । राजधानीमा सोमबार आयोजित बार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवा सुरुवात गरेका छन् ।
प्रिपेड कार्ड बाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि फोन काटिने छैन । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ ।
यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।  ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij