२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टाटा नेक्सन नेपाल आइपुग्यो

टाटा नेक्सन नेपाल आइपुग्यो

2.5K
Shares

 

काठमाडौं – टाटा मोटर्सको नयाँ कार नेक्सन नेपालमा आइपुगेको छ । कम्पनीको थापाथलीस्थित सोरुममा सो गाडी राखिएको छ । कम्पनीले केही दिन पहिले देखि गाडी बुकिङ गर्न सक्ने व्यवस्था गरेको थियो ।


अब टाटा नेक्सन टेष्ट ड्राइभ समेत गर्न सकिने छ । पहिले बुकिङ गरेकाले गाडी मन नपराएमा बुकिङ गरेको रकममा २५ प्रतिशत थपेर फिर्ता गरिने समेत कम्पनीले दावी गरेको थियो ।

सहरका लागि सहज र उत्कृष्ट मानिएको बोल्ड र स्पोर्टी एसयूभी टाटा नेक्सनमा कारमा हुनुपर्ने सबै विशेषतालाई समावेश गरिएको कम्पनीको भनाइ छ । उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको टाटा नेक्सन ‘इम्प्क्याट डिजाइन’ दर्शनमा आधारित टाटा मोटर्सको चौथो उत्पादन हो ।

टाटा मोटर्सको प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटर्सले २१ सेप्टेम्बर २०१७ मा भारतीय भूमिमा सार्वजनिक गरेको थियो । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको कम्पनीको भनाइ छ ।

स्टाइलिङ ड्युअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केही नवीन र चाख लाग्दो स्टाइल तत्वले कारको लुक्स र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्प, एलईडी डे टाइम हेडल्याम्प र एलईडी टेलल्याम्प तथा १६ इञ्च एलोई ह्वीलजस्ता यस कारका महत्वपूर्ण विशेषता छन् । यसको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरियर, उत्कृष्ट फिट तथा फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको कम्पनीको भनाइ छ ।

यसमा रिभोट्रोन सिरिजमा १.२ लिटरको टर्बो चार्जयुक्त पेट्रोल इन्जिन र १.५ लिटर डिजल इन्जिन रहेको एसयूभीमा सहज र सरल ड्राइभको लागि ६–स्पिड ट्रान्समिसन समावेश गरिएको छ।

यसको पेट्रोल इन्जिनले १ सय १० पिएस पावरमा १ सय ७० र डिजल इन्जिनले १ सय १० पिएस पावरमा २ सय ६० एनएम टर्क उत्सर्जन गर्छ। यो आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै टर्कयुक्त गाडी भएको कम्पनीको दावी छ।

गाडीको २ सय एमएमको ग्राउण्ड क्लियरेन्सले ठूलो खाल्डो तथा स्पिड ब्रेकरहरुलाई सजिलै पार गर्न सक्ने खालको भएको कम्पनीले जनाएको छ। अफरोड यात्राको लागि पनि गाडी उत्कृष्ट रहेको कम्पनीको भनाइ छ।

यसमा ६. ५ इन्चको टच स्क्रिन फ्लोटिङ ड्यासबोर्ड म्युजिक सिस्टम समावेस गरिएको छ। सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक ब्रेकिङ सिस्टम विथ इबिडी’ समावेश छ। रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरीय फिचर्स समावेस छन्।

आरामपुर्वक गाडी चलाउन नेक्सनमा उच्चस्तरीय ‘फोम’बाट बनाइएको सीटहरु, यू–टर्नहरुमा सहजता पुर्वक ड्राइभिङको लागि ईलेक्ट्रिक पावर स्टेरिङ समावेश गरिएको छ। त्यस्तै यसमा प्रिमियम थ्री–टोन ड्यासबोर्ड छ। यसमा भएको इको, सिटी र स्पोर्टमध्य चालकले आवश्यकता अनुसार ड्राइभिङको सहजता पाउन सक्नेछन्।

त्यसैगरी टाटा मोटर्सले फेसबुक मार्फत ग्राहकहरुका लागि टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका प्रदान गरेको छ । उक्त फेसबुक अभियान अन्तर्गत ५ जना भाग्यशाली विजेताहरुले १/१ तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन् ।

उक्त अभियानमा सहभागी हुनको लागि प्रतियोगीहरुले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्सको फेसबुक पेज लाइक गर्नुपर्ने छ ।

त्यसैगरि टाटा नेक्सनले अर्को उत्साहजनक अभियान पनि ल्याएको छ, जसमा फेसबुक प्रयोगकर्ताहरुले नयाँ स्मार्टफोन जित्न सक्ने छन् । फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ र सो अफडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा #TATANexon गरेर कमेन्ट गर्नुपर्नेछ । तीन जना भाग्यशाली विजेताहरुले स्मार्टफोन जित्न सक्ने कम्पनीले बताएको छ ।

टाटा नेक्सनको यस फेसबुक अभियान फेब्रुअरी २०१८ मा अन्त्य हुने पनि कम्पनीले जानकारी गराएको छ ।

टाटा नेक्सन पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध छ । विभिन्न भेरिएन्टमा उपलब्ध टाटा नेक्सनको मूल्य ३३ लाखदेखि ४६ लाख रुपैयाँ सम्म भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij