२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्माचार्य यातायात व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित

कर्माचार्य यातायात व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित

1.2K
Shares

अर्थ नेपाल संवाददाता

चितवन /नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ खनाललाई २ सय ७९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

कर्माचार्यले ९ सय ८७ मत प्राप्त गरे भने डोलनाथ खनालले ७ सय ८ मत प्राप्त गरे । कर्माचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी भएका छन् । यस्तै उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार विजयी भएका छन् । मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भएका छन् ।

यस्तै महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल विजयी भएका छन् । सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला विजयी भएका छन् ।

कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त विजयी भए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij