
अर्थ नेपाल संवाददाता
काठमाडौं /रिवन इन्टरटेनमेन्ट प्रालिले कलेज अध्ययनरत युवतिहरुलाई लक्षित गरेर सौन्दर्य प्रतियोगिता मिस कलेज डिभाको दोस्रो सिजन गर्ने भएको छ । प्रतियोगिताको विजेताले मुख्य उपाधीको साथमा नगद २५ हजार समेत प्राप्त गर्ने छन् ।
रिवन इन्टरटेनमेन्टले विभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभामूलक प्रतिस्पर्धा गर्दै आएको छ । श्रद्धा खरेल र सम्राट शाहको संयोजनमा भएको यस प्रतियोगिताको कोरियोग्राफी कोरियोग्राफर अश्विनी झाको रहने छ । यस प्रतियोगितामा कलेज अध्ययनरत युवितहरुले सहभागी हुन सक्ने छन् । आयोजक संस्थाका अनुसार अडिसनबाट छनोट हुने प्रतियोगिहरुलाई नयाँ वानेश्वरस्थित होटल रानी महलमा एक महिनाभन्दा बढी समयसम्म दैनिकरुपमा विज्ञहरुद्धारा विभिन्न विषयको तालिम र कक्षा प्रदान गरिनेछ । प्रतियोगिहरुलाई व्यक्तित्व विकास, अन्तराष्ट्रिय मोडलिङ वर्कशप, गु्रमिङ, क्याटवक, श्रृंगार, जुम्बा, स्वीमिङ, हस्पीटालीटी मेनेजमेन्ट, फेशन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगितामा उतारिने आयोजक संस्था इभेन्ट निर्देशक निशु झाले जानकारी दिए ।
प्रतियोगिहरुलाई अन्तराष्ट्रिय मञ्चमा सहभागीताको अवसरका साथ आयोजक संस्थाको ब्रान्ड एम्बेसडरसहित नेपाल र भारतको विज्ञापनमा अवसर, मोडलिङको अवसर, निःशुल्क आईइएल टीएस, टोफलजस्ता भाषा सिक्ने मौका पनि प्रदान गरिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij