२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुपन्देहीको सियारी गाउंपालिकामा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको नयाँ शाखा

रुपन्देहीको सियारी गाउंपालिकामा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको नयाँ शाखा

1.9K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले सियारी गाउंपालिका–७ को अमवामा शाखा कार्यालय स्थापना गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो १२ औं शाखा हो । शाखाको सियारी गाउंपालीकाका अध्यक्ष अयोध्या थारुले एक समारोहका बिच उद्घाटन गरेका छन् ।
कार्यक्रममा बैंकका संचालक युवराज केसीले अवको लक्ष भनेकै सम्बृद्धि भएको र बैंकिङ तथा वित्तीय सेवाको सरल र सहज उपलब्धतावाट मात्रै यस्तो लक्ष हासिल गर्न सकिने धारणा राख्दै कम्युनिटी बैंक त्यस तर्फ सदैव अग्रसर रहने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनालले यसै आर्थिक वर्षभित्र रुपन्देहीका मानपकडी, लखनचोक, बेलवास, नवलपरासीको बेलाटारी र बुटवलको कालिकानगरमा गरी ५ वटा नयां शाखा स्थापना गर्न गइरहेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij