अर्थ नेपाल संवाददाता
तनहुँ/जिल्ला सहकारी संघ लिमिटेड तनहुँको ४१ औ वार्षिक साधारणसभाले श्रीप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
संघको उपाध्यक्षमा राजेन्द्र पिया, सचिवमा मदनप्रसाद पण्डित, कोषाध्यक्षमा दुर्गाप्रसाद पराजुली तथा सदस्यहरुमा भगवती देउजा, सीता थापा मगर, बमबहादुर थापा, ऋषिबहादुर बस्नेत, गजेन्द्रराज पन्थ, प्रदीप काफ्ले, अर्जुन गुरुङ रहनु भएको छ ।
यस्तै साधारणसभाले सीताराम बजगाई सयोजक तथा भानुभक्त चापागाई र कृष्णराज पन्थ सदस्य रहेको लेखा समिति चयन गरेको निर्वाचन उपसमितिका संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij